बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जापानमा २१ वर्षीया नेपाली युवतीलाई काेराेनाकाे संक्रमण

दैनिक नेपाल २०७६ चैत २२ गते ७:०२

काठमाडौं, २२ चैत । काेराेना भाइरसकाे संक्रमणबाट जापानमा २१ वर्षीया नेपाली युवतीलाई संक्रमित भएकी छिन ।

केअर गिभरको रुपमा कार्यरत ती युवतीलाई उनले हेरचाह गर्ने बृद्धबृद्धाबाट सरेको अस्पतालले पुष्टि गरेको छ । ती युवातीको इवाराकी प्रिफेसनको चुकुबा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले उनको ब्यक्तिगत विवरण बाहिर ल्याएको छैन । उनलाई कोरोना भएको पुष्टि भएलगत्तै दूतवासलाई अस्पतालले जानकारी दिएको थियो । दूतावासले पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

जापानस्थित नेपाली दूतवासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले अस्पतालमार्फत दूतावास संक्रमितको सम्पर्कमा रहेको टेलिफोनमा बताए ।

प्रतिक्रिया
सम्बन्धित