बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या करिब ५६ हजार पुग्यो (पछिल्लो अपडेट)

दैनिक नेपाल २०७६ चैत २१ गते २१:४१

काठमाडौँ, २१ चैत । विश्वभर कोरोना भाइरसको संक्रमणबाट १० लाख ५६ हजारभन्दा बढी मानिसहरू संक्रमित भएका छन् । वर्ल्ड मिटरका अनुसार यसको संक्रमणबाट ५५ हजार ७ सय ४१ जना मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा संक्रमण, मृत्यु तथा मृत्युदर पनि बढेको तथ्यांकले देखाएको छ । त्यस्तै, करिब २ लाख २४ हजार जना पूर्ण रुपमा निको भएका छन् भने बाँकी उपचारमै छन् ।

विश्वका २०४ वटा मुलुकहरुमा कोरोनाको संक्रमण फैलिसकेको छ । पछिल्लो समय कोरोना फैलावटको केन्द्रका रुपमा अमेरिका र यूरोप रहेका छन् ।

अमेरिकामा करिब २ लाख ५८ हजारमा कोरोना संक्रमण देखिएको छ भने यसका कारण ६ हजार ५ सय ५८ को मृत्यु भइसकेको छ ।

त्यसैगरी, स्पेनमा इटालीभन्दा बढी करिब १ लाख १८ हजार मानिस कोरोनाबाट संक्रमित छन् भने १० हजार ९ सय ३५ जनाको मृत्यु भएको छ ।

इटालीमा करिब १ लाख १६ हजार संक्रमित हुँदा १३ हजार ९ सय १५ को निधन भएको छ । जर्मनीमा करिब ९० हजार संक्रमित भएका छन् भने करिब १२ सयको निधन भएको छ ।

चीनमा संक्रमण स्थीर नै रहेको छ । त्यहाँ करिब ८२ हजार कोरोना संक्रमित छन् । चीनमा ३३ सय २१ जनाको मृत्यु भएको छ ।

हाल कोरोनाको कारण मृत्यु हुने मृत्युदर क्रमशः बढ्दै छ । अहिले मृत्युदर ७.२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित