बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

शिकारी र वन रक्षकबीच गोली हानाहान

दैनिक नेपाल २०७६ चैत २१ गते २१:०७

सांकेतिक तस्वीर

मोरङ, २१ चैत । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँग वनका कर्मचारीबीच दोहोरो गोली हानहान भएको छ । शुक्रबार दिउँसो साढे ३ बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।

जंगलमा चोरी हुँदैछ भन्ने सूचनाका आएपछि वन रक्षक र सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई खोज्ने क्रममा उनीहरुमाथि शिकारीहरुले ९ राउण्ड गोली चलाएका थिए ।

जवाफमा सुरक्षाकर्मीहरुले ७ राउण्ड गोली चलाएको थिए । घटनामा कोही हताहत र घाइते नभएको जनाइएको छ । घटनास्थलबाट २०० ग्राम बारुदलगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका ८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन् । २५ जना शिकारीको समूहमा अन्य फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित