शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना संक्रमणबाट बच्न मलेसियाका आदिवासी जंगलतिर

दैनिक नेपाल २०७६ चैत २१ गते १७:५२

काठमाडौँ, २१ चैत । नोभेल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मलेसियाका आदिवासीहरु जंगलतिर भागेका छन् ।

बीबीसका अनुसार मलेसियामा पहिलो आदिवासी ओराङ अस्ली समुदायका एकजनामा गत साता कोरोना संक्रमण देखिएपछि उनीहरु जंगल पसेका हुन् । जेमेरीको गाउँ जाने बाटो बन्द गरिएको छ ।

“हामी आइसोलेसनका लागि फेरि जंगलमा जाँदैछौं । हामी हाम्रा लागि आफैं खाना खोज्छौं । जंगलमा कसरी खानेकुरा खोज्ने भन्ने विषयमा हामीलाई थाहा छ । त्यहाँ हामीले केही रोपेका छौं ।” आदिवासी स्थानीय तथा अधिकारकर्मी बेदुल चेमाइले भने ।

ओराङ अस्ली मलेसियाको अति विपन्न समुदाय हो । गरिबी र कुपोषणले यस समुदायलाई निकै जोखिममा पार्छ । गत वर्ष एकै गाउँमा १५ जना दादुराका कारण मृत्यु भएका थिए ।

मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार ३३३ छ भने ५३ जनाको मृत्यु भएको छ । यो संख्या दक्षिण पूर्वी एसियाको सबभन्दा ठूलो संख्या हो ।

प्रतिक्रिया
सम्बन्धित