शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपालमा सातौँ कोरोना संक्रमित पुष्टि नभएको स्वास्थ्य मन्त्रालयको भनाइ

दैनिक नेपाल २०७६ चैत २१ गते १६:५१

काठमाडौँ, २१ चैत । नेपालमा सातौँ कोरोना संक्रमित पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मलेनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना नभेटिएको प्रष्ट पारेका छन् ।

विभिन्न मेडियामा समाचार आएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उक्त परीक्षण पुष्टि नभएको प्रवक्ता देवकोटाले जनाए ।

उनले शंकास्पद केसका परीक्षण केन्द्रीय प्रयोगशालामा गरेपछि मात्रै यकिन हुने बताए ।

बिहीबार मात्र एक महिलामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित