२ कार्तिक २०८३, सोमबार

नेपाल भारत सीमामा थप सुरक्षाकर्मी परिचालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । नेपाल भारतको सीमामा घुसपैठ तथा अनाधिकृत प्रवेश रोक्न स्थानीय निकायले थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

भारतमा पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको अवस्थामा नेपालमा संक्रमणको जोखिम नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप सुरक्षाबल थपिएको जनाइएको छ ।

कतैबाट पनि कोही व्यक्ति वा भीड प्रवेश गर्न खोजे पहिचान गरेर तिनीहरुलाई रोक्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइएको छ । अहिले भारतबाट केही समयअघि नेपाल पसेकालाई विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको छ ।