२ कार्तिक २०८३, सोमबार

सर्वाेच्चका न्यायधीशद्धारा १५ दिनको तलब कोरोना कोषमा दिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित २० न्यायाधीशहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १५ दिनको तलब जम्मा गर्ने भएका छन् ।

आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सहयोग गर्ने निर्णय गरेको हो । सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्न बैठकले मातहत अदालतहरु तथा न्यायाधिकरणहरुमा कार्यरत न्यायाधीशहरुलाई पनि राहत पत्र पठाउने निर्णय गरेको छ ।

अदालतमा सामान्य काम कारवाही अहिले बन्द भए पनि वैयक्तिक स्वतन्त्रता सम्बन्धी विषय र अत्यावश्यकीय सेवाहरु जस्तै, बन्दीप्रत्यक्षीकरण, अभियोगपत्र दर्ता बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र म्याद थप तथा महामारीसँग सम्बन्धित निवेदन, रकम तिरि कैदबाट छुटन दिने निवेदन र बालबालिका जिम्मा दिनेसम्बन्धी निवेदनमा काम(कारबाही भइरहेको छ ।