बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्नेलाई पदमुक्त गर्न कांग्रेसको आग्रह

दैनिक नेपाल २०७६ चैत २१ गते १५:४७

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसले औषधि खरिद अनियमितताको कार्यले देशकै प्रतिष्ठामा आघात पुर्याएको जनाएको छ । यसमा दोषी रहेकालाई जिम्मेवारीबाट मुक्त गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा ढिलासुस्ती र अनियमितता गर्ने माफी योग्य नभएको बताएका छन् ।

यस घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन,’ देउवाद्धारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित