शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विद्यार्थीलाई इन्टरनेट, एफएम र टिभीबाट पढाइने

दैनिक नेपाल २०७६ चैत २१ गते १५:३०

काठमाडौँ, २१ चैत । देश अहिले लकडाउनमा छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका यही चैत ११ गतेदेखि लकडाउन गरिएको अवस्था छ । अत्यावश्यक बाहेकका सबै कार्यालय, सवारी साधन बन्द छन् ।

तर लामो समयसम्म लकडाउन भएमा विद्यार्थीहरुको पढाइ प्रवाभित हुने भन्दै सरकारले वैकल्पिक व्यवस्था खोज्दैछ ।

विद्यार्थीलाई विकल्पका रुपमा एफएम, टेलिभिजन च्यानलहरु तथा युट्युबको माध्यमद्धारा सिकाउन सकिने बताइएको छ । सरकारले यस विषयमा छलफल थालेको बताइन्छ ।

शिक्षा मन्त्रालयले केही वर्षयता एसईईका परीक्षार्थीलाई लक्षित गरी नेपाल टेलिभिजन (एनटीभी)बाट कक्षा सञ्चालन गर्दै आएको छ । एसईई स्थागित भएर लकडाउन जारी रहँदासम्म पनि त्यस्ता कक्षा एनटीभीबाट प्रसारण हुँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित