सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

लकडाउन चैतभरि यथावत राख्ने तयारी

दैनिक नेपाल २०७६ चैत २१ गते १४:४२

काठमाडौँ, २१ चैत । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधि चैत महिनाभरि सम्म बढाउने तयारी गरेको छ ।

चैत ११ गतेदेखि पहिलो चरणको लकडाउन गरेको सरकारले चैत २५ गतेसम्मलाई अवधि थपेको थियो ।

बिहीबार बसेको समितिको बैठकले लकडाउन केही खुकुलो पारेपनि यसको अवधि भने बढाउने संकेत गरेको हो ।

कोरोना संक्रमणको महामारी हुन नदिन कम्तीमा चैतसम्म लकडाउन यथावत राख्नेबारे बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित