शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपालमा भेटियो सातौँ व्यक्तिमा कोरोना संक्रमण

दैनिक नेपाल २०७६ चैत २१ गते १४:२८

काठमाडौँ, २१ चैत । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा संक्रमित हुनेको संख्या सात पुगेको छ ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको उनको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।जम्मा तीनपटक परीक्षण गरिने र त्यसमा पहिलोपटकको रिपोर्ट पोजेटिभ आएको चिकित्सकले जनाएका छन् ।

ती व्यक्ति पुनः परीक्षणका लागि नमु्ना संकलन गरि पठाइएको छ ।

हालसम्म नेपालमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । ती सबैजना विदेशबाट आएका हुन् । हिजोमात्रै छैठौँ संक्रमित पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित