बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड साथै आगजनी गरि औषधी चोरि

दैनिक नेपाल २०७६ चैत २१ गते १३:०४

वीरगन्ज, २१ चैत । महानगरपालिका २४ को वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड साथै आगजनी गरि समान र औषधी चोरि भएको छ ।

अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि चोरेर लगेको हो । बिहीबार राती अज्ञात समूहले वडा कार्यालयको ढोकाको चाल्ता फुटाएर कार्यालयभित्र आगजनी गर्दा टेबुल १ थान , कुर्सी २ थान र कार्यालयका विभिन्न् अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् ।

वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान , सिपियु १ थान , प्रिन्टर १ थान , युपिएस १ थान , पंखा १ थान , हिटर १ थान , राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित