शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बेनी अस्पतालको आइसोलेशनमा रहेकी युवतीमा कोरोना नभएको पुष्टि

दैनिक नेपाल २०७६ चैत २१ गते १२:४५

बेनी, २१ चैत । जिल्ला सदरमुकामस्थित बेनी अस्पतालको आइसोलेशनमा रहेकी युवतीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

बागलुङ घर भई पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा बस्दै आएकी २७ वर्षीया युवतीमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइतबार बेनी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

उनमा कोरोना संक्रमणको आशंकामा स्वाबको नमुना संकलन गरेर मंगलबार पोखराको प्रयोगशालामा पठाइएको थियो । शुक्रबार आएको रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित