बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

चीनबाट मेडिकल सामग्री लिएर वाइडबडी काठमाडौं आइपुग्यो

दैनिक नेपाल २०७६ चैत २१ गते १०:४४

काठमाडाैं, २१ चैत । मेडिकल सामग्री लिन चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान काठमाडौं आइपुगेको छ ।

विमानमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ ।

निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन जहाज चार्टर्ड गरेर चीन लगेका थिए ।

हिजो बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको जहाज आज विहान फर्किएको हो ।

प्रतिक्रिया
सम्बन्धित