बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

स्वास्थ्यका सुरक्षा सामग्री नहुँदा कोरोना उपचारमा कठिनाइ भयोः डा.पुन

दैनिक नेपाल २०७६ चैत २१ गते १०:४६

काठमाडौं, २१ चैत । वरिष्ठ चित्सिक डा.शेरबहादुर पुनले आवस्यक सुरक्षा सामाग्रीहरू नभएका कारण स्वास्थ्यकर्मीहरूलाई रोगीहरूलाई परीक्षण गर्न समस्या भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.पुनले कोरोना संक्रमण भएकाहरू सबै आयातीत मात्र देखिएकाले पछिल्लो संक्रमितबाट धेरैमा नसरेको हुन सक्ने बताए ।

उनले लकडाउनले गर्दा संक्रमण फैलिन नदिन सहयोग पुगेको बताए । कतार एयरलाइन्सबाट आएका अन्य व्यक्तिहरू खोजी गर्न सरकारले ढिलाई गरिरहेको डा.पुनले बताए ।

डा.पुनले निजी अस्पतालमा विरामीको उपचारमा र एम्बुलेन्सले पनि बिरामी उठाउन नमानेका विषयहरू सुरक्षा सामग्रीसंग जोडिएको बताए ।

सुरक्षा सामाग्रीका कारण सामान्य रुघाखोकी लागेकालाई पनि बिना सुरक्षा उपचारमा जाँदा स्वास्थ्यकर्मीहरू संक्रमित भए संक्रमण सर्ने जोखिम भएको उनले बताए ।

चिकित्सक वा कुनै एक नर्सलाई संक्रमण भए त्यसबाट धेरै बिरामीमा सर्न सक्ने खतरा रहेको डा.पुनले बताए ।

चिकित्सकहरूको आत्म बल बढाउन सरकारले नसकिरहेको र उनीहरूलाई उचित सुरक्षाको व्यवस्था पनि नभएकाले चिकित्सकलाई समाजले हेर्ने दृष्टिकोमा पनि परिवर्तन आउन नसकेको उनको भनाई छ ।

‘आम जनताले स्वास्थ्यकर्मी सुरक्षित छन् । उनीहरूबाट हामीलाई रोग सर्दैन भन्ने विश्वास जगाउन धेरै काम गर्न बाँकी छ’, डा.पुनले भने, ‘सबै संक्रमितको मृत्यु हुँदैन । अरु रोगको भन्दा कम कोरोनाको मृत्युदर छ ।’

कोरोना भाइरसको संक्रमण अरु रोगको जस्तो कन्फर्म केस नभएको डा.पुनको भनाई छ ।

‘कोही सिपाहीहरू युद्धमा जाँदा उसलाई हतियार चाहिन्छ । कोरोना कन्फर्म केस हैन’, उनले भने, ‘चिकित्सकहरूलाई पूर्ण रुपमा सुरक्षा व्यवस्था पु¥याउन सके भोलिदेखि यो समस्य हट्छ ।’

‘अस्पताल भनेको बिरामी आउने ठाउँ हो । संक्रमण पनि यसैबाट धेरै सर्न सक्छ । सचेतना पनि अपनाउनुपर्छ । विदेशबाट आएकाहरूको सम्पर्कमा रहेको मान्छे पहिलो लक्षित बनाउनुपर्छ’, डा.पुनले भने, ‘चिकित्सकहरूलाई जबरजस्ती गर्दा भोलि जोखिम बढाउन सक्छ । जो कोही पनि अन्तिममा जाने भनेको चिकित्सककैमा हो ।’

प्रतिक्रिया
सम्बन्धित