शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सरकारले कोरोना भाइरसकाे परीक्षणको दायरा बढाउने

दैनिक नेपाल २०७६ चैत २१ गते १०:१२

काठमाडाैं, २१ चैत । सरकारले कोरोना भाइरस (कोभिड १९) परीक्षणको दायरा बढाउने भएको छ ।

यसअघि कोरोनाको शङ्का गरिएका व्यक्तिको मात्र कोरोना परीक्षण गर्ने गरिएकोमा अब शङ्कास्पद लक्षण देखिएका ६० वर्षमाथिका जोर कोहीको पनि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ पुष्टि भएका व्यक्तिसँग एउटै विमानमा आएका र उनीहरुसँग सम्पर्कमा रहेका अरु व्यक्तिको पनि परीक्षण गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

काठमाडाैंको टेकुमा रहेको केन्द्रीय प्रयोगशालामा मात्र कोरोना परीक्षण हुने गरेकोमा बिहीबारदेखि कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा पनि परीक्षण शुरु गरिएको छ । पहिलो दिन हिजो चार जनाको कोरोना परीक्षण गर्दा चारै जनामा कोरोना नभएको पाइएको थियो ।

प्रदेश १ को धरानमा गएको आइतबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि कोरोना परीक्षण सुरु भइसकेको छ भने वाग्मती प्रदेशमा शुक्रबारदेखि परीक्षण सुरु गर्ने सरकारको तयारी छ ।

प्रदेश २ को जनकपुरमा, प्रदेश ५ को लुम्बिनीमा र सुदुरपश्चिम प्रदेशको धनगढीमा उपकरण जडान गर्ने क्रममा नै रहेकाले कोरोना परीक्षण सुरु गर्न केही दिन लाग्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित