शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोना पुष्टि भएकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार सुरु

दैनिक नेपाल २०७६ चैत २१ गते १०:२१

बाग्लुङ, २१ चैत । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु भएको छ ।

होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजोनै आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनी चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन ।

उनी बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी थिइन् । यसअघि कतार एयरवेजको फ्लाइट नम्बर ६५२ बाट नेपाल आएका दुई युवतीमा पनि संक्रमण भेटिएको थियो ।

उपचाररत महिलाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित