शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पत्रकार महासंघको विज्ञप्तिप्रति केन्द्रीय सदस्यकै आपत्ति

दैनिक नेपाल २०७६ चैत २१ गते ९:२१

काठमाडाैं, २१ चैत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा आपत्ति जनाएका छन् ।

ज्ञवालीले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । ‘पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन हो । यो कुनै अमुक पार्टी वा समुहको हितका लागि प्रयोग गर्ने सस्था होइन’,  उनले भनेका छन्, ‘यसले अप्रमाणिक र हल्लालाई आधार बनाएर आफ्नो धारणा बनाउन पाउँदैन । महासंघले पत्रकारिता सम्बन्धि कुनै पनि घटनाको आफ्नै ढंगले छानबिन गर्न सक्छ र अझ थप छानबिनका लागि माग गर्न पाउँछ ।’

‘कसमस विश्वकर्माले समेत डेभलपर बाहेकलाई लगाउन नसकेको किटानी आरोप नेपाल पत्रकार महासंघले कुन आधामा लगायो ? खुइरो खन्ने र सिध्याउने बेला यही हो भन्ने गलत प्रवृति अस्वीकार्य छ’, ज्ञवालीले भनेका छन् ।

‘अनलाइन ह्याक गरेर डेभलपरले जुन हर्कत गर्यो, उ कडा कारवाहीको भागिदार छ । यस्ता गैर जिम्मेबार वेब डेभलपरको लाइसेन्स खोसेर काममा प्रतिबन्ध लगाए हुन्छ । घटनामा अरु संलग्न छन भने अनुसन्धान गरेर कारवाही माग गर्नुपर्छ’, उनले भने ।

‘पत्रकार महासंघले हिजो प्रकाशन गरेको विज्ञप्तिको भाषा प्रति मेरो गम्भीर असहमति छ । विज्ञप्तिमा बेब साइड नै ह्याक गर्ने डेभलपरलाई निर्दोष सिद्ध गर्न खोज्दै प्रधानमन्त्री र उहाँको टिमलाई दोषी प्रमाणित गरिएको छ, यसमा नियत सफा देखिएन’, उनले भनेका छन्, ‘पत्रकार महासंघ भित्र राजनीति गर्नुहुन्न । पत्रकारिताको हित बाहेक राजनीति गर्ने प्रयास हुन्छ भने त्यसको सामना गरिन्छ र गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित