८ मंसिर २०८३, मंगलबार

नयाँ दिल्लीको मुस्लिम भेलामा सहभागी सात जनाको नमूना संकलन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २१ चैत । नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक भेलामा (मरकज) सहभागी भई फर्केका ३० जनामध्ये सातजना शंकास्पदको नमूना संकलन गरी बिहीबार परीक्षणका लागि पठाइएको छ । उनीहरूलाई सप्तरीको विभिन्न पाँच ठाउँको क्वारेन्टाईनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुनियालाल यादवकाअनुसार राजविराजस्थित साइ कृष्ण कोरेन्टाइनमा ७ जना, हनुमाननगरको क्वारेन्टाइनमा ८ जना, तिलाठी कोइलाडीको क्वारेन्टाइनमा ७ जना , बोदेबरसाइनको क्वारेनटाइनमा ७ जना र कञ्चलनरुप नगरपालिकाको बैरवा क्वारेन्टइनमा १ जना गरी ३० जनाले आफूहरू मरकजमा सहभागी भई फर्केको स्वीकार गरेका छन् ।

बैरबा क्वारेन्टाइनमा राखिएका मध्ये १६ जनाले मरकजमा सहभागी भएको स्वीकार गरेका छैनन् ।

राजविराजको साई कृष्णा कोरेन्टाइनमा राखिएका सात जना र चैत ४ गत्ते कतार एयरवेजबाट नेपाल आएका एक जना गरी शंकास्पद ८ जनाको नमूना संकलन गरी परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

निजामुद्दिन मस्जिदमा आयोजित मरकजमा (धार्मिक भेला) सहभागीहरुमा कोरोनाको संक्रमण देखिएको र नेपाली नागरिक पनि त्यसमा सहभागी भएको पुष्टि भएपछि उनीहरूको खोजी कार्य अघि बढाएको थियो ।