बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विश्वभर करिब १० लाख कोरोना संक्रमित, करिब ५० हजारको मृत्यु

दैनिक नेपाल २०७६ चैत २० गते २१:५०

काठमाडौँ, २० चैत । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ९ लाख ६६ हजारभन्दा बढी मानिसहरू संक्रमित भएका छन् । वर्ल्ड मिटरका अनुसार यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ५० हजार पुगेको छ ।

पछिल्लो दुई दिनमा संक्रमण, मृत्यु तथा मृत्युदर पनि बढेको तथ्यांकले देखाएको छ । त्यस्तै २ लाख ३ हजार ५ सय ३५ जना पूर्ण रुपमा निको भएका छन् भने बाँकी उपचारमै छन् ।

विश्वका २०३ वटा मुलुकहरुमा कोरोनाको संक्रमण फैलिसकेको छ । पछिल्लो समय कोरोना फैलावटको केन्द्रका रुपमा अमेरिका र यूरोप रहेका छन् ।

अमेरिकामा करिब २ लाख १८ जनामा कोरोना संक्रमण देखिएको छ भने यसका कारण ५ हजार १ सय ५३ को मृत्यु भइसकेको छ ।

त्यसैगरी, इटालीमा १ लाख ११ हजार संक्रमित हुँदा १३ हजार १ सय ५५ को निधन भएको छ । अर्काे युरोपेली मुलुक स्पेनमा करिब १ लाख ११ हजारमा संक्रमण भेटिएको छ भने १० हजार ३ जनाको मृत्यु भइसरकेको छ ।

जर्मनी र चीनमा करिब ८२ हजार कोरोना संक्रमित छन् । चीनमा ३३ सय १८ जनाको मृत्यु भएको छ भने जर्मनीमा करिब १ हजार जनाको निधन भएको छ ।

यसको मृत्युदर ६.३ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित