
काठमाडौँ, २० चैत । भीरबाट लड्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका ९ सल्लेबासाकी ४० वर्षीया निर्मला महरा भीरबाट लडेर मृत्यु भएको हो ।
बिहीबार दिउँसो घरबाट पाइपलाइन खन्ने काममा जाँदै गर्दा महरा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया