२ कार्तिक २०८३, सोमबार

नेपालमा छैठौँ कोरोना संक्रमित ६५ वर्षीया बागलुङकी महिला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० चैत । नेपालमा आज पुष्टि भएको छैठौँ कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी महिला भएको पुष्टि गरेका हुन् ।

उनी नेपालकी दोस्रो कोरोना संक्रमितसँगै कतारबाट क्यूआर ६५२ मा नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने ३ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म उनी घरमै रहेकी र अब अस्पताल ल्याउने तयारी गरिरहेको चिकित्सकहरुले जनाएका छन् ।