
काठमाडौँ, २० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन थालेको छ ।
यस क्रममा आयोगले आजै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग अनौपचारिक सोधपुछ गरेको छ ।
आयोगले प्रारम्भिक चरणको छानबिन सुरु गरेको हो । यदि प्रारम्भिक चरणमा अनियमितता गरेको पुष्टि भए विस्तृत रुपमा अनुसन्धान गर्न अधिकृत तोकेर गर्ने आयोगको नियम रहेको छ ।
विवकेशील पार्टीका तर्फबाट प्रदेश सभा सांसद रहेका रमेश पौड्यालले चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनयिमतता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध आयोगमा उजुरी दिएका थिए ।















प्रतिक्रिया