२ कार्तिक २०८३, सोमबार

दाङमा भाइले चिर्पटले हिर्काउँदा दाजुको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० चैत । दाङमा भाइले चिर्पटले हिर्काउँदा दाजुको मृत्यु भएको छ । २७ वर्षीय भाइ जसराम कामीले राजपुर गाउँपालिका १ रसरीखोला बस्ने ३२ वर्षीय दाइ प्रेमबहादुर कामीलाई हिर्काउँदा उनको मृत्यु भएको हो ।

जसराम कामीले मादक पदार्थ सेवन गरी दाइ प्रेमलाई चिर्पट प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएका प्रेमको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि भाइ जसराम फरार रहेका छन् भने प्रहरीले खोजीरहेको छ ।