२ कार्तिक २०८३, सोमबार

नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

चैत ४ गते कतारको दोहाबाट नेपाल आएका बिरामीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् । त्यही जहाजबाट आउने दुईजनामा यसअघि नै कोरोनाका देखिइसकेको छ ।

यही २४ घण्टामा ७३ जनाको परीक्षण भएकोमा कोहीमा पनि कोरोना नदेखिएको देवकोटाले जानकारी दिए । नेपालमा अहिलेसम्म १ हजार १ सय ८४ वटा परीक्षण भइसकेको छ । ४३ जनाको परीक्षणको क्रममा रहेको छ ।

देशभरिमा १ सय ५ जना आइसोलेसनमा छन् । यता चारवटै केसको कन्ट्र्याक्ट ट्रेसिङको लगभग सकिएको डा देवकोटाले बताए ।