१ कार्तिक २०८३, आइतबार

उत्तर कोरियामा कोरोना संक्रमण नभेटिएपछि कोरोनामुक्त देश घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । विश्व नै कोरोना संक्रमणको महामारीको प्रकोप बढीरहेको बेला उत्तर कोरियाले भने आफूलाई कोरोनामुक्त देश घोषणा गरेको छ ।

देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियाले सो घोषणा गरेको समाचार संस्था एएफपले जनाएको छ ।

विश्वमा झण्डै १० जना कोरोनाबाट संक्रमित छन् भने यसबाट साढे ४७ हजार बढीको मृत्यु भइसकेको छ ।

यद्यपि उत्तर कोरियामा यसको संक्रमण समेत नभेटिएको उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले जनाएका छन् । उनले महामारीको रोकथाम गर्न गरिएका प्रयासहरू पूर्णरुपमा सफल भएको बताए ।

उनले सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो कोरोना फैलन नपाएको बताए ।

उत्तर कोरियाले चीनमा संक्रमण बढेसँगै सम्पूर्ण सीमा नाका बन्द गरेको थियो भने यसको महामारीबाट बच्न कडा कानुन लागू गरेको थियो ।

यद्यपि अ‍ेमरिकाले भने उत्तर कोरियामा पनि कोरोनाको संक्रमण रहेको आशंका व्यक्त गर्दै आएको छ । त्यस्तै, स्वास्थ्य विज्ञहरुले उत्तर कोरियामा कमजोर स्वास्थ्य प्रणालीका कारण कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।

कतिपय आलोचकहरुले उत्तर कोरियाले कोरोना संक्रमणको तथ्यांक लुकाएको आरोप पनि लगाउँदै आएका छन् ।