८ मंसिर २०८३, मंगलबार

सीमामा अलपत्र नेपालीलाई स्वदेश फर्काउन परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० चैत । भारतबाट नेपाल आउन खोजेर सीमामा अलपत्र परेका नेपालीका हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेर दुवै पक्षलाई आगामी सोमबार छलफलका लागि बोलाएको हो । नेपाली नागरिक बाहिर देशबाट स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको थियो ।

सर्वोच्च अदालतले यसअघि पनि गत १२ गते मुलुक फर्कन खोजेका कामदारहरुलाई स्वदेश फर्काउन रोक्न नहुने मागदावी गर्दै ६ जना कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

निवेदनमाथि २५ जनाभन्दा बढी कानून व्यवसायीहरुले बहस गरेका थिए । कोरोना भाइरसको त्रासले भारतबाट नेपाली स्वदेश फर्कन खोजेपनि नेपालमा लकडाउनका कारण सयौँ नेपाली सीमामा अलपत्र परेका छन् ।