२ कार्तिक २०८३, सोमबार

६ वटा प्रदेशमा कोरोना परीक्षण हुने, प्रदेश ५ मा भोलिदेखि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । अब ६ वटा प्रदेशबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ । प्रदेश ५ बाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरू भएको हो । बुटवलमा पनि शुक्रबारदेखि परीक्षण सुरु गरिने जनाइएको छ ।

त्यस्तै, कोरोना परीक्षणका लागि सरकारले डेढ घण्टामै परीक्षण गर्न मिल्ने पोर्टेवल पिसिआर मेसिन पाँच वटा प्रदेशलाई वितरण गरेको छ ।

प्रदेश १ मा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने वुधबारबाटै परीक्षण सुरू भइसकेको छ ।

उता प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आजैदेखि कोरोनाको परीक्षण गरिने बताइएको छ ।

यससँगै अब परीक्षणका लागि स्वाब काठमाडौँ पठाउनुपर्ने झन्झट टरेको छ ।