४ कार्तिक २०८३, बुधबार

राजमौलीको नयाँ फिल्मको नाम सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । फिल्म निर्देशक एसएस राजमौलीको नयाँ सिनेमा ‘आरआरआर’को नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ ।

सिनेमा निर्माणको घोषणा भएयता नै सिनेमाको नामलाई लिएर धेरैमा उत्सुक्ता रहँदै आएको थियो ।

तेलेगु नयाँ वर्ष उगाडीको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको मोसन पोस्टर अनुसार ‘आरआरआर’को अर्थ ‘रौद्रम रानम रुधिराम’ हो ।

सिनेमा आगामी वर्ष जनवरीमा ८ मा रिलिज हुनेछ । सन् १९२० को भारतको परिदृश्यको कथा देखाउने सिनेमामा राम चरण, एनटिआर जुनियर, आलिया भट्ट, अजय देवगनको अभिनय रहेको छ।

सिनेमा एकसाथ हिन्दी, तमिल, तेलेगु, मल्यालम आदि गरी भारतका विभिन्न १० प्रान्तीय भाषामा रिलिज हुनेछ । यो सिनेमा बजेट र प्रस्तुतिका हिसाबले ‘बाहुबली सिरिज’ भन्दा पनि भव्य हुने बताइएको छ ।