शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

च्याम्पियन्स लिग तथा युरोपा लिग फुटबलका खेलहरू स्थगित

दैनिक नेपाल २०७६ चैत २० गते ८:३५

लण्डन, २० चैत । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले अर्को सूचना जारी नभएसम्मका लाग च्याम्पियन्स लिग तथा युरोपा लिग फुटबलका सबै खेल स्थगित गरेका छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण युइएफएले खेलहरु तत्कालका लागि रोकेको हो ।

जुनमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय खेलाहर पनि रोकिएका छन् । जसमा युरोकप २०२० का प्लेअफ खेलहरु पनि छन् ।

युरोकप फुटबल २०२१ का लागि सारिएको छ यसअघि नै । युरोपियन प्रशासकीय निकायका ५५ सदस्य एसोसिएसनका प्रतिनिधिको बैठक बुधबार बसेको हो ।

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु कम्तिमा अप्रिल ३० सम्मका लागि रोकिएका छन्।

प्रतिक्रिया
सम्बन्धित