१ कार्तिक २०८३, आइतबार

अमेरिकामा कोरोना संक्रमित ९ सयको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २० चैत । पछिल्ला दिनमा नोबेल कोरोना भाइरस कोभिड–१९ को इपीसेन्टर बनेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । जोन्स हपकिन्स युनिभर्सिटीले सार्वजनिक गरेको पछिल्लो आँकडाअनुसार अमेरिकामा कोभिड–१९ संक्रमतिको संख्या २ लाख १३ हजाभन्दा बढी छ ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ सय नाँघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप संक्रमितको पुष्टि भएको हो । थप ९ सय जनाले ज्यान गुमाएका हुन् । अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको सख्या लाख भन्दा बढी भएको छ । इटालीमा १ लाख १० हजार ५०० भन्दा बढी र स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्रक्रमितको पुष्टि भएको छ ।

जोन्स हपकिन्स युनिभर्सिटीको आँकडाअनुसार हाल विश्वभर ९ लाख ३२ हजार ६ सय भन्दा बढी संक्रमित देखिएका छन्। यस भाइरसका कारण ४६ हजार ८ सयको मृत्यु भइसकेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।