शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विश्वप्रसिद्ध वैज्ञानिकको कोरोनाका कारण मृत्यु

दैनिक नेपाल २०७६ चैत १९ गते २१:१५

काठमाडौँ, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिकको मृत्यु भएको छ । बीबीसीका अनुसार दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मंगलबार मृत्यु भएको हो ।

प्राध्यापक समेत रहेकी रामजी हालै बेलायतबाट फर्र्केपछि उनमा निमोनियको कारण क्वाजुलु नाटाल प्रान्तस्थित एक अस्पतालमा भर्ना भएकी थिइन् ।

उनी दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित थिइन् । साथै क्षयरोग (टीबी) रोकथामका लागि पनि उनले काम गरेकी थिइन् । यसैबाट रामजीले विश्वभर ख्याती कमाएकी थिइन् ।

जोन्स हप्किन्स यूनिभर्सिटीकाअनुसार कोरोना भाइरसबाट विश्वभर संक्रमित हुने मानिसको संख्या आठ लाख ७७ हजार नाघिसकेको छ । समग्र मृत्यु हुने मानिसको संख्या पनि ४३ हजार ५ सय नाघेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभरी फैलिइसकेको छ । पछिल्लो समय अमेरिका यसको केन्द्र बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित