
काठमाडौँ, १९ चैत । बागलुङकी कोरोना संक्रमित युवतीका परिवारका अन्य सदस्यमा कोरोनाको परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र उनीसँगै आएका गरी ११ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाएको थियो ।
अस्पतालका अनुसार उनका बुबा, हजुरबुबा, दाजु र दिदीको रिपोर्ट नेगेटिभ आएको हो भने अन्यको रिपोर्ट आउने क्रममै रहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित युवतीका आफन्तमा कोरोन संक्रमण नदेखिएपछि अन्यमा सर्ने त्रास कम भएको बताइएको छ ।
यही चैत ५ गते बेल्जियमबा कतार हुँदै नेपाल आएकी ती युवतीमा ज्वरो आउने लगायत लक्षण देखिएपछि चैत १२ गते परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।















प्रतिक्रिया