शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राहत बाँड्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप, १२ जना घाइते

दैनिक नेपाल २०७६ चैत १९ गते १९:५४

काठमाडौँ, १९ चैत । वीरगञ्जमा राहत बाँड्ने विषयमा दुई समूहबीच झडप हुँदा १२ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १९ विन्दवासनीमा लकडाउनमा विपन्न परिवारलाई राहत वितरणका लागि लगत संकलन गर्ने क्रममा झडप भएको थियो ।

झडपमा अधिकांशको टाउको फुटेको र हात भाँचिएको छ । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

महानगरपालिकाले वडालाई १ लाख २५ हजार रुपैयाँ आपतमा परेकालाई खाद्यान्न उपलब्ध गराउन पठाएको थियो ।

राहत वितरणका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा सर्वदलीय राहत वितरण समिति गठन गरिएको थियो ।
सर्वदलीय बैठकले वास्तविक परिवारको तथ्यांक संकलन गरि राहत बाँड्ने तयारी थियो ।

स्थानीयका अनुसार परिवार संख्या पहिचान गर्ने क्रममा दुई समूहबीच झडप भएको हो । समितिका सदस्यले आफू निकटका व्यक्तिहरुको मात्र नाम संकलन गरेको आरोप लगाउँदै उपेन्द्र यादव पक्षले विरोध गर्दा झडप भएको जनाइएको छ ।

झडपपछि दुवै पक्ष घाइते भएका छन् ।

वडा अध्यक्ष तिवारीका अनुसार राहत वितरण गर्न नामवली संकलन गर्ने क्रममा झडप भएका जनाए । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित