
काठमाडौँ, १९ चैत । नेपालमा हालसम्म १ हजार १ सय ३३ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुनाको कोरोना भाइरसको परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत देशभर ९९ जना आइसोलेसनमा भर्ना भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । त्यस्तै उनले आजबाट पोखरामा पनि परीक्षण सुरु भएको जनाए ।
त्यस्तै, आज बेलुकासम्ममा हेटौंडामा पनि कोरोना परीक्षण हुने तयारी रहेको देवकोटाले बताए । “बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले ४ दिनमा १२ जनाको परीक्षण गरेको छ,” उनले जनाए ।
प्रवक्ता देवकोटाले ६ हजार ९ सय कल आएकामा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ३ सय २३ कलको गुनासो समाधान गरेको जानकारी दिए ।
कन्ट्र्याक टेसिङको काम ८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । “कन्ट्र्याक टेसिङ संक्रमितको नजिक रहेका मानिसलाई क्वारेन्टाइनमा राखिन्छ, नमुना परिक्षण गरिन्छ,” उनले भने ।
नेपालमा हालसम्म ५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचरा भइरहेको छ ।















प्रतिक्रिया