बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनाको उपचारमा रहेका हलिउड अभिनेता एन्ड्रयू ज्याकको निधन

दैनिक नेपाल २०७६ चैत १९ गते १७:१६

तस्वीर बीबीसी

काठमाडौँ, १९ चैत । कोरोनाको संक्रमणसँग जुधिरहेका ७६ वर्षीय हलिउड अभिनेता एन्ड्रयू ज्याकको मृत्यु भएको छ । ज्याकको अस्पताल भर्ना भएको ४८ घण्टापछि वुधबार मृत्यु भएको हो ।

उनकी श्रीमती ग्याब्रिएला राजेर्सले इन्स्टाग्राममार्फत श्रीमान ज्याकको मृत्यु भएको पुष्टि गरेकी छन् । उनी आफैँ पनि अस्ट्रेलियमा क्वारेन्टाइनमा छिन् ।

पतिको निधनमा दुःखी हुँदै उनले लेखेकी छन, ‘हामीले आज एक असल व्यक्तिलाई गुमाएका छौँ । उनको लन्डनको एक अस्पतालमा ४८ घन्टाअघि मात्रै कोरोना भाइरस डायग्नोसिस भएको थियो ।’

विश्वलाई नै चिन्तित तुल्याएको कोरोना भाइरस संक्रमणले केही समयअघि हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नि रिटा विल्सनलाई गाँजेको थियो । तर उनीहरु पूर्णरुपमा निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित