बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नयाँदिल्लीमा स्वास्थ्यकर्मीको परिवारलाई एक करोड क्षतिपूर्ति

दैनिक नेपाल २०७६ चैत १९ गते १७:०२

काठमाडौँ, १९ चैत । भारतको नयाँदिल्लीमा स्वास्थ्यकमीका परिवार १ करोड रुपैयाँको राहत घोणणा गरिएको छ ।

भारतमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कोभिड–१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मृत्यु भएपछि उक्त क्षतिपूर्ति परिवारलाई प्रदान गरिनेछ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघिसकको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ ।

बीबीसीका अनुसार स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा ३८ कोराना संक्रमितको मृत्यु भएको उल्लेख गरेको जनाएको छ । भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित