२ कार्तिक २०८३, सोमबार

ओम्नी समूहसँग स्वास्थ्य सामाग्री ल्याउने सम्झौता रद्द, ५ करोड धरौटी जफत

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो ।

साथै, विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।