शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

यस्ताे छ झापामा लकडाउन

एसपी उप्रेती २०७६ चैत १९ गते १५:४५

-एसपी उप्रेती

बिर्तामोड, १९ चैत । कोरोना संक्रमणको महामारीलाई ध्यानमा राखेर नेपाल सरकारले यही चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो चरणको देशव्यापी लकडाउन गरेको थियाे ।

त्यस्तै, कोरोना संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसपछि सरकारले लकडाउनको अवधि थप ८ दिन बढाएको छ ।

यस अवधिमा देशका विभिन्न शहरहरु सुनसान देखिएका छन् । त्यसैमध्येको झापा जिल्लामा लकडाउन निकै प्रभावकारी रुपमा कार्यान्वयन भएको चित्रण गरिएको छ ।

यसैबीच, झापाको व्यस्त शहर बिर्तामोडमा करिब दिउँसो १ बजे तिरको दृश्य हेर्दा अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधनहरु चलेका देखिएनन् ।

त्यस्तै, गाउँ गाउँमा पनि ढाट लगाएर अत्यावश्यक अवस्थामा मात्रै हिँडडुल गर्न दिइएकाे छ । बाक्लै सुरक्षाकर्मीकाे उपस्थिति देख्न सकिन्छ भने स्थानीयबासी आफैँ पनि सचेत भएर सामाजिक दूरी कायम राखेकाे देख्न पाइन्छ ।

लकडाउन एक विषम परिस्थितिबाट सिर्जीत अवस्था हो । जसमा भीड नियन्त्रण हुने र सामाजिक दूरी कायम रही कोरोना संक्रमण फैलिनबाट हामी सबै जोगिन सकिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित