२ कार्तिक २०८३, सोमबार

अनियमितताकाे आराेपमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १९ चैत । मेडिकल सामाग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलका नेता तथा वागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले मन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन्।

बजारको दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएका हुन् ।

पौड्यालको उजुरीमा तीन महिना अघि नै खुलाएको टेन्डर रद्द गरेको, आफू निकट व्यापारीलाई सामाग्री खरिद गर्न सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घण्टामै सेटिङ मिलाएको विषय उल्लेख गरिएको छ ।

यस्तै, उजुरीमा वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको रे्र्यािपड टेस्टिङ किट सात करोड भन्दा माथिको लागतमा किनेको समेत दावी गरिएको छ ।

प्रधानमन्त्री ओलीले समते स्वास्थ्यमन्त्री ढकालको बचाउमा अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

आयोग यसरी प्राप्त उजुरीलाई छानविन गरेर पक्रिया अघि बढाउने जनाएको छ ।