शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बिरामी नजाँची फर्काउने निजी अस्पतालको इजाजत रद्द गर्न निर्देशन

दैनिक नेपाल २०७६ चैत १९ गते १४:३७

काठमाडौँ, १९ चैत । बिरामी चेकजाँच नगरी फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न प्रदेश २ सरकारले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

सामान्य रुघाखोकी लागेका बिरामीलाई समेत कोरोना संक्रमणको आशंकामा अस्पतालहरुले बिरामी नजाँची पठाउने गरेपछि प्रदेश सरकारले यस्तो कदम चालेको हो ।

लकडाउन अवधिमा निजी स्वास्थ्य संस्थाहरुबारे जनगुनासो आएपछि मुख्यमन्त्री लालबाबु राउतले आठै जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारीहरुलाई बोलाएर एक साताको लकडाउनको समीक्षा गरेका थिए ।

मुख्यमन्त्री राउतले उपचार नगर्ने संस्थाहरुको सूचि बनाएर प्रदेश सरकारलाई पठाउन समेत सीडीओहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीले संकटको घडीमा बदमास गर्ने जो कोहीलाई पनि कारवाही गर्ने आवश्यक परे लाइसेन्स खारेजीसम्म गरिने बताए ।

उपचारमा लापरवाही गर्ने स्वास्थ्य संस्थाको इजाजत रद्द गर्न प्रदेश सरकारले जिल्ला प्रशासनलाई पत्र पनि लेखिसकेको छ ।

त्यस्तै, नेपाल प्रहरीका प्रदेशप्रमुख डिआइजी प्रद्युम्न कार्कीले लकडाउनलाई अझ प्रभावकारी बनाउन अत्यावश्यक काममा बाहेक बाहिर निस्कनेलाई कारवाही गरिने बताए । लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गरि मुद्दा चलाउन समेत निर्देशन दिइएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित