बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एसियाली बजारमा तेलको मूल्यमा पुन: गिरावट

दैनिक नेपाल २०७६ चैत १९ गते १४:१४

काठमाडौँ, १९ चैत । एसियाली बजारमा तेलको मूल्य घटेको छ । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै तेलको मूल्यमा कमी आएको हो ।

कोरोनाभाइरसको महामारीले गर्दा संसारभर हाल तेलको मागमा कमी आएको छ ।गत सोमबोर तेलको मूल्यमा १८ वर्षकै कमी आएको थियो ।

वुधबार अपराह्न एसियाली बजारमा कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ ।

तेलको माग घटेपनि साउदी अरेबिया र रसियाले तेल उत्पादनमा कटौती नगर्ने घोषणसँगै मूल्य घटेको हो ।

यही वर्ष सुरुवातसँगै यो तीन महिनाको अवधिमा तेलको मूल्यमा झन्डै ६० प्रतिशत गिरावट आएको छ ।

प्रतिक्रिया
सम्बन्धित