शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरस : नेपाललाई ग्रिन जोनबाट नहटाउने दायित्व हाम्रै

दैनिक नेपाल २०७६ चैत १९ गते ११:१३

काठमाडौं, १९ चैत । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्व महाशक्ति अमेरिकामा बढेको छ । चीन नियन्त्रणोन्मुख अवस्थामा पुगेको छ भने युरोपका कतिपय मुलुक आक्रान्त भएका छन् ।

इटालीको अवस्था दर्दनाक छ । स्पेन, पोर्चुगल, जर्मनी, बेलायतलगायत युरोपका कतिपय मुलुकसँगै छिमेकी भारत पनि कोरोनाको प्रभावमा परिसकेको छ । तर, नेपाल अझै पनि ग्रिन जोनमा नै रहेको छ ।

सरकारी तथ्यांकअनुसार हालसम्म ५ जनामा मात्रै कोरोना भाइरस भएको पुष्टि भइसकेको छ भने कसैको मृत्यु भएको छैन । एक जना उपचारपछि घर फर्किसकेको आधिकारीक तथ्यांक छ ।

विश्वमा नेपाललाइृ ग्रिन जोनबाट नहटाउनका लागि सरकारले चालेका कदममा नागरिकको सहयोग हुनु आवश्यक रहेको विज्ञले बताएका छन् । ग्रिनजोनमा रहनु भनेको नागरिक स्वस्थ्य रहनु र सरकारले घोषणा गरेको लक डाउनलाई साथ दिनु रहेको बताइएको छ ।

अझ प्रभावकारी ढंगले सरकारको आग्रहलाई जनताले मानेर कोरोना भाइरसको प्रकोपको शिकार हुनबाट बच्नुपर्ने आफ्नै दाियत्व रहेको सरकारी अधिकारी बताउँछन् । आम मानिसले लापरवाही नगरे नेपाल ग्रिन जोनमा नै कायम रहने बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित