२ कार्तिक २०८३, सोमबार

आइसोलेसनमा रहेका १७ मध्ये ८ जनामा कोरोना परीक्षण नेगेटिभ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । प्रदेश २ का विभिन्न आइसोलसनमा रहेका १७ मध्ये ८ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । कोरोनाको आशंकामा रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरु सबैको स्वाब काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

रिपोर्ट नेगेटिभ आएकाहरूलाई आजै डिस्चार्ज पनि गरिएको छ । थप ४ जना शंकास्पद बिरामी प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका छन् ।

हालसम्म प्रदेश २ मा ५ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १ सय ५१ जना होम क्वारेन्टाइनमा छन्।

प्रदेशभित्र ९९ वटा क्वारेन्टाइन र ६९ वटा आइसोलेसन वार्ड बनाइएको छ ।