शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पूर्वराजा ज्ञानेन्द्रले दिए कोरोना नियन्त्रणका लागि २ करोड

दैनिक नेपाल २०७६ चैत १८ गते १९:४२

फाइल तस्वीर

काठमाडौँ, १८ चैत । कोरोना संक्रमणको फैलावट नियन्त्रणका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँको सहयोग गर्ने भएका छन् । शाहले ’कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उक्त सहयोग गरेका हुन् ।

शाहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,  ’दु:ख कष्ट र आपत विपतको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको मा दाखिला गर्न बुझाएका छौँ।’

शहले भनेका छन्,’यो अवस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’

शाहले विज्ञप्तिमा कोरोनाको उपचार, नियन्त्रण अनवरत रुपमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रति आभार पनि व्यक्त गरेका छन् ।

उनले सरकार र जनता तथा संघ संस्थासमेतको समन्वयकारी भूमिकाको प्रशंसा पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित