शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाका कारण स्पेनमा एकैदिनमा ८ सय ४९ जनाको मृत्यु

दैनिक नेपाल २०७६ चैत १८ गते १८:२८

फाइल तस्वीर

काठमाडौँ, १८ चैत । पछिल्लो तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८ सय ४९ जनाको मृत्यु भएको छ ।

यसका कारण स्पेनमा अहिलेसम्मकै धेरैले ज्यान गुमाएका हुन् । यससँगै मृत्यु हुने संक्रमितको संख्या ८ हजार १ सय ८९ पुगेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ९१ जना संक्रमित थपिएको जनाएको छ । अहिलेसम्म स्पेनमा ९४ हजार ४ सय १७ जना कोरोनाबाट संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित