२ कार्तिक २०८३, सोमबार

वीर र पाटन अस्पतालमा मृत्यु हुनेमा कोरोना भेटिएन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । सोमबार पाटन अस्पताल र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनैजनामा कोरोना संक्रमण नभेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतक तीनैजनाको कोरोना संक्रमण परीक्षण नेगेटिभ देखिएको बताएका छन् ।

कोरोना आशंकामा धादिङ घर भएका ३५ वर्षीय युवाको पाटन अस्पतालमा मृत्यु भएको थियो । उनी चैत १४ गते भारताबाट नेपाल आएका थिए ।

यस्तै, वीर अस्पतालमा एक महिला र एक पुरुष गरी दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुने तीनैजनामा कोरोना नभएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।