शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपालमा हालसम्म भएका कोरोनाको परीक्षण, ८७ जना आइसोलसनमा

दैनिक नेपाल २०७६ चैत १८ गते १७:०५

काठमाडौँ, १८ चैत । कोरोना संक्रमणको आशंकामा १ हजार ६० जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै, दशैभर ८७ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

काठमाडौँ, टेकुमा १० जना र सातै प्रदेशमा ७७ जना गरी जम्मा ८७ जना आइसोलेसनमा रहेका र उनीहरुको नमुना परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङ्गमा जम्मा ४ जना जसमा २ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग सकिएको र २ जनाको ८० प्रतिशत काम सकिएको प्रवक्ता देवकोटाले नियमित व्रिफिङमा बताएका छन् । त्यस्तै, लजिस्टिकको सवालमा प्रत्येक प्रदेशमा १३ सयदेखि २५ सम्म पीपीई मौज्दात रहेको पनि उनले बताए ।

यता स्वास्थ्य विभागमा पनि आवश्यक सामाग्रीहरुको मौज्दात यथेष्ट रहेको पनि उनले बताए । दुईवटा कल सेन्टर (१११५/११३३) पछिल्लो २४ घण्टामा १८०६ वटा कल रिस्पोन्स गरिएको पनि उनले जानकारी दिए ।

त्यस्तै, पाटन अस्पताललाई छिमेकी मुलुकका विज्ञहरुसँग भिडियो कन्फेरेन्समार्फत आवश्यक जानकारी लिनको लागि तोकिएको पनि मन्त्रालयले जनाएको छ ।

धरानमा ल्याब सुरु भइसकेको भने आजबाट पोखरामा पनि कोरोनाको संक्रमणको परीक्षण सुरु गरिएको प्रवक्ता देवकोटाले जनाए ।

त्यस्तै, पाटन र वीर अस्पतालमा मृत्यु भएका बिरामीहरुको परीक्षणमा कोरोना भाइरसको नभएको पनि उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित