बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनाको उपचार गर्न निजी अस्पताललाई सर्वाेच्चको आदेश

दैनिक नेपाल २०७६ चैत १८ गते १६:२१

काठमाडौँ, १८ चैत । निजी अस्पतालहरुलाई सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको व्यवस्था मिलाउन आदेश जारी गरेको छ ।

अदालतले निजी अस्पतालहरुले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै त्यस्तो आदेश दिएको हो ।

अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयु कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यव्स्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रबन्ध मिलाउनू ।’

रिटमा कोरोना संक्रमणको आशंकामा निजी अस्पताल गएकाहरुलाई उपचार नगरी फर्काउने तथा अन्तै रिफर गरिने भन्दै सुनुवाइका लागि माग गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटको पक्षमा रिट निवेदक पौडेल र सरोजकृष्ण घिमिरेसहित वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अघिकारी, अधिवक्ता पूर्णिमा रिमाल गुरागाई, टीकाराम भट्टराई, राजु खड्कालगायतले बहस गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित