मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कोरोना अपडेट : धेरै मृत्यु इटालीमा, संक्रमित अमेरिकामा

दैनिक नेपाल २०७६ चैत १८ गते १२:३५

काठमाडाैं, १८ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर पछिल्लो तथ्यांकअनुसार ३७ हजार ८ सय ३० जनाको मृत्यु भएको छ ।

विश्वभर ७ लाख ८६ हजार २ सय ७० जना संक्रमित भएका छन् भने अहिलेसम्म १ लाख ६५ हजार ६ सय ६० निको भएर घर फर्केका छन् । पछिल्लो समय अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या तिव्र गतिमा फैलिरहेको छ ।

अमेरिकामा पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेका संख्या ३ हजार १ सय ७० पुगेको छ भने विश्वमा सबैभन्दा धेरै संक्रमित १ लाख ६४ हजार २ सय ६६ जना संक्रमति रहेका छन् ।

इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगको छ भने संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ जना संक्रमित रहेका छन् । मृत्यु संख्या इटालीमा धेरै रहेको छ ।

स्पेनमा ७ हजार ७ सय १६ जनाको मृत्यु भएको छ भने ८७ हजार ९ सय ५६ जना संक्रमित रहेका छन् । यसैगरि, कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ५ सय १८ रहेको छ ।

फ्रान्समा मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ भने संक्रमित संख्या ४४ हजार ५ सय ५० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित